रुपन्देही । रुपन्देहीमा कार दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।
रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा लु २ च ६७५६ नं.को कार अनियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार चार जना घाइतेलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो।
मृत्युहुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ। दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका( ४ बालापुरका २६ को देवेन्द्र चौधरीको मृत्यु भएको छ ।
अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका( ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।