Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन गृह मन्त्रालयलाई पत्राचार

निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन गृह मन्त्रालयलाई पत्राचार

  • शुक्रवार, श्रावण २३ २०७७

  • 628
    SHARES

  • निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन गृह मन्त्रालयलाई पत्राचार

    काठमाडौं । निजी अस्पताललाई आइसोलेसन सेन्टर बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

    काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको हुँदा निजी अस्पताललाई पनि आइसोलेसन सेन्टरमा रुपान्तरण गृहलाई पत्राचार गरेको प्रजिअ जनकराज दाहालले जानकारी दिए ।

    शुक्रबार उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि सिडिओ दाहालले निजी अस्पताललाई कोभिडका बिरामी राख्ने आइसोलेसन सेन्टर बनाउन प्रस्ताव पठाइएको बताएका छन्। उनले गृहको स्वीकृती पर्खिरहेको बताएका छन् ।

    आज मात्रै उपत्यकामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ। लकडाउन खुलेलगत्तै काठमाडौंमा कोरोना संक्रमितको संख्या तीव्ररुपमा वृद्धि भैरहेको छ।

    काठमाडौं उपत्यकामा मात्रै ६७४, भक्तपुरमा ७८ र ललितपुरमा १०२४ जनामा संक्रमण देखिएको छ।


    शुक्रवार, श्रावण २३ २०७७०८:५१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij