Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

देशभर थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

देशभर थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

  • आइतवार, माघ ९ २०७८

  • 636
    SHARES

  • देशभर थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ५ हजार ५ सय ९८ र एन्टिजेन परीक्षणबाट ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १३३७७ जनाको पिसिआर परीक्षण गरिएको थियो। देशभर ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्।

    पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै १ हजार ४ सय १६ जना संक्रमणबाट मुक्त भएका छन्।


    आइतवार, माघ ९ २०७८०४:३४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij