Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

कारोबारको अन्तिम दिन नेप्सेमा ३२ अंकको सुधार

कारोबारको अन्तिम दिन नेप्सेमा ३२ अंकको सुधार

  • बिहिवार, माघ ६ २०७८

  • 498
    SHARES

  • कारोबारको अन्तिम दिन नेप्सेमा ३२ अंकको सुधार

    काठमाडौँ । बुधबारको ३८ अंकमाथिको करेक्सनपछि आज नेप्सेमा ३२ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३२.९६ अंकले बढ्दै २९ सय ३१.२६ विन्दुमा उक्लिएको हो ।

    बुधबार यस्तो सूचक अधिकतम ३८.३५ अंकले घट्दै २८ सय ९८.३१ बिन्दुमा अडिएको थियो । तर, आज ३२ अंक माथिले नेप्से सूचक उकालो लागिराख्दा यता कारोबार भने बुधबारको भन्दा पनि तल झरेको छ ।

    साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन ३२ अंक बढेको बजारमा जम्मा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

    आज दुईवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने झण्डै दर्जन हाराहारीका कम्पनीहरुको सेयर मूल्य ६ प्रतिशत माथिले बढेको छ ।


    बिहिवार, माघ ६ २०७८०३:५६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij