Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बुद्ध एयरले आन्तरिक उडानका लागि गर्यो नयाँ भाडादर सार्वजनिक, कहाँ कति ?

बुद्ध एयरले आन्तरिक उडानका लागि गर्यो नयाँ भाडादर सार्वजनिक, कहाँ कति ?

  • शुक्रवार, श्रावण २३ २०७७

  • 849
    SHARES

  • बुद्ध एयरले आन्तरिक उडानका लागि गर्यो नयाँ भाडादर सार्वजनिक, कहाँ कति ?

    काठमाडौं । नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि नयाँ भाडादर सार्वजनिक गरेको छ ।

    एयरले नागरिकले छोटो समयमा सुरक्षित गर्न सकिने यात्रा, लामो अनि महंगो शुल्क तिरेर गरिरहनु परेको यस विषम परिरिस्थतीमा हवाई मार्गमार्फत उचित भाडादरमा यात्रा सहज बनाउन नयाँ भाडादर सार्वजनिक गरेको जनाएको छ ।

    बुद्धले आज एक विज्ञप्ती सार्वजनिक गर्दै आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत पर्ने र कोभिड–१९ महामारीको अवस्थामा पनि अति आवश्यक कारणले सर्वसाधारणहरु काठमाडौं तथा अन्यत्र आउजाउ गरिरहनु परेको अवस्थामा हवाई सेवालाई पून संचालन गरी यात्रुलाई सहजता प्रदान गर्न नयाँ दर सार्वजनिक गरेको जनाएको छ ।

    अहिले बुद्ध एयरले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको छ । हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पीपीई प्रदान गरिसकेको छ ।

    संक्रमणरहित हवाई यात्राका लागि प्रतिवद्ध रहेको र यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहरो तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको बुद्धले जनाएको छ ।

    यस विषम् परिस्थितिमा हरेक नेपालीलाई सजिलै र सस्तो हवाई यात्रा गराउने उद्देश्यले बुद्धको भदौ १ देखि हुने हवाई उडानका लागि नयाँ भाडादर यस्तो छ ।

    जसअनुसार शुरुवाती एकतर्फि हवाई भाडादर
    विराटनगर ३,०००
    भैरहवा २७००
    नेपालगञ्ज ४२००
    पोखरा १९००
    भद्रपुर ३४००
    जनकपुर २७००
    धनगढी ५४००

     


    शुक्रवार, श्रावण २३ २०७७०४:२९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij