Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

ओमिक्रोन कमजोर रहेको भ्रममा नपर्न चिकित्सकको चेतावनी

ओमिक्रोन कमजोर रहेको भ्रममा नपर्न चिकित्सकको चेतावनी

  • बुधवार, माघ ५ २०७८

  • 655
    SHARES

  • ओमिक्रोन कमजोर रहेको भ्रममा नपर्न चिकित्सकको चेतावनी

    काठमाडौँ – नेपालमा कोरोनाको तेस्रो लहरको संक्रमण उत्कर्षमा पुगेका बेला गम्भीर खालका बिरामीको चाप भने अस्पतालमा देखिएको छैन । हिजो र आज नेपालमा अहिलेसम्मकै सर्वाधिक कोरोेना संक्रमित एकैदिन फेला परेका छन् ।

    तर जुन गतिमा संक्रमितको संख्या बढेको छ त्यो दरमा भर्ना हुने बिरामीको संख्या नबढेको अस्पतालहरुले जनाएका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको काठमाडौँस्थित अस्पतालहरुमा पनि कोरोनाको पहिलो र दोस्रो लहरमा जस्तो बिरामीको चाप नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

    तर यसो हुँदैमा कोरानाप्रति लापर्वाही भने बिलकुलै गर्न नहुने सरुवा रोग विशेषज्ञ डा. रचना गौतमको सुझाव छ । स्वास फेर्न गाह्रो भएमा घरमा अक्सिजनको सिलिन्डर छँदैछ भनेर ढुक्क बस्न नहुने उहाँले बताउनुभयो । अक्सिजनको मात्रा कम भएमा र निमोनियाको शंका लागेमा तुरुन्तै अस्पताल जान उहाँले आग्रह गर्नुभयो ।

    हुन त विश्व स्वास्थ्य संगठनले आज मात्रै कोरोनाको ओमिक्रोन भेरियन्ट कमजोर छ भनेर विश्वभर गलत हल्ला फैलाइएको बताएको छ । ओमिक्रोन भेरियन्टले दृघकालसम्म विश्व समुदायलाई दुःख दिइ रहने भएकोले कुनै हालतमा लापर्वाही नगर्न आग्रह पनि डब्लूएचओले गरेको छ ।

    वैज्ञानिकहरुले ओमिक्रोन भेरियन्टमा संक्रमण फैलाउने शक्ति बलियो तर सिकिस्त पार्ने गरी हमला गर्ने शक्ति कमजोर रहेको बताइरहेका छन् । तर यति हुँदा हुँदै पनि महामारीसँग लापर्वाही गर्न नहुने अर्का सरुवा रोग विशेषज्ञ डा. निमेश पौडेल बताउनुहुन्छ ।

    तेस्रो लहरबाट जोगिन आत्मबल बलियो पार्नुपर्ने उहाँले बताउनुभयो । घरमै रहेका संक्रमितहरुले अप्ठ्यारो महसुुस गरेमा तुरुन्तै अस्पताल पु¥याउन उहाँको सुझाव छ ।

    यसैबीच कोरोनाभाइरस महामारी सुरु भएयता आज नेपालमा अहिलेसम्मकै उच्च ११ हजार ३५२ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकको संक्रमण दर ५२.६ प्रतिशत पुगेको छ । २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । ६१३ जना निको भएका छन् ।


    बुधवार, माघ ५ २०७८०७:३०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij