Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजार र कारोबार रकम घट्यो , नेप्से २३ सय तल

शेयर बजार र कारोबार रकम घट्यो , नेप्से २३ सय तल

  • बुधवार, माघ ५ २०७८

  • 784
    SHARES

  • शेयर बजार र कारोबार रकम घट्यो , नेप्से  २३ सय तल

    काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय तल झरेको छ । आज ३८ दशमलव ३५ अंकले घटेर नेप्से परिसूचक २ हजार ८ सय ९८ दशमलव ३१ अंकमा झरेको छ । मंगलबारको तुलनामा आज शेयर कारोबार रकम पनि घटेको छ ।

    दिनभर १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा रोकिएको छ । सोमबार साढे ९ अर्ब माथिेको र मंगलबार ८ अर्ब रुपैयाँ मािथको शेयर कारोबार भएको थियो ।

    बजार घटेपनि केही कम्पनीहरुको शेयर मूल्य राम्रै बढेको छ । बुधबार बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ ।

    सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भने बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।

    यसैगरी शेयरमूल्य घट्ने कम्पनीहरुमा भने घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नत लगायतका कम्पनीहरु देखिएका छन् । यी कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

     


    बुधवार, माघ ५ २०७८०३:४४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij