Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

ढकालले मानेनन् सरुवा, औषधि व्यवस्था विभागमा दुई महानिर्देशक

ढकालले मानेनन् सरुवा, औषधि व्यवस्था विभागमा दुई महानिर्देशक

  • सोमवार, माघ ३ २०७८

  • 552
    SHARES

  • ढकालले मानेनन् सरुवा, औषधि व्यवस्था विभागमा दुई महानिर्देशक

    काठमाडौं । गत मंगलबार स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिए । तत्कालिन महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशाला प्रमुखमा सरुवा गरे ।

    तर, रोचक भट्टराई र ढकाल दुबैले विभागको महानिर्देशककै रुपमा हाजिर गरिरहेका छन् । हालै सरुवा भएर विभाग आएका भट्टराई हाजिर गरेर हिँड्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

    ‘उहाँ ९ढकाल० बिहाननै विभाग पुगेर बस्नुहुँदो रहेछ । मलाई मन्त्रालयले जिम्मेवारी दिएको सात दिन पुग्न लागिसक्यो,’ भट्टराईले भने, ‘उहाँ कुर्सी छोड्नु हुँदैन । म हाजिर गरेर मात्र फर्किने गरेको छु ।’

    उता, ढकाल भने सरकारले योग्यता अनुसारको जिम्मेवारी नदिएको कारण महानिर्देशकबाट छोडिहाल्ने मनस्थितिमा छैनन् ।

    ‘कानुनी रुपमा सरकारले सरुवा गरेको २१ दिनसम्म अझै मलाई महानिर्देशकमा बस्ने अधिकार छ । अझै ७ दिन सरकारले थप्ने व्यवस्था पनि छ,’ ढकाल भन्छन्, ‘कसैले छोड भन्ने बित्तिकै छोडिहाल्नुपर्ने होइन होला नि ?

    विभागको महानिर्देशक पद र प्रयोगशालाको निर्देशक पद दुबै एघारौँ तहको कर्मचारी हुने व्यवस्था छ । महानिर्देशक बनेका ढकाल र भट्टराई दुबै जना एघारौं तहका कर्मचारी हुन् ।

    ‘सरकारले गरेको सरुवा नमान्ने पनि होइन । यो नेतृत्व परिवर्तनको कुरा हो । नयाँ जिम्मेवारी लिनेका लागि के काम भएको छ, गनुपर्ने के–के छन् भनेर उहाँले पनि बुझ्नुपर्छ होला नि । मैले छोड भन्नेबित्तिकै हिँडिहाल्नु त पदैन होला नि रु,’ ढकाल आफ्नो तर्क राख्छन् ।

    भट्टराई भने कर्मचारीबाट हुनुपर्ने न्यूनतम व्यवहार ढकालबाट नपाएको गुनासो गर्छन् । ‘उहाँले लाज, शरम सबै पचाइसक्नुभएको छ । हिजोको दिनमा सरकारले मलाई प्रयोगशालाको प्रमुखको जिम्मेवारी दिँदा सहजै रुपमा गएर काम गरेको थिएँ । सरकारले दिएको जिम्मेवारी मान्नुपर्छ नि,’ भट्टराई भन्छन् ।

    साढे ४ महिना अघिसम्म अर्थात १५ भदौसम्म भट्टराई औषधि व्यवस्था विभागको महानिर्देशक थिए । त्यसपछि सरकारले उनलाई प्रयोगशालाको जिम्मेवारी दिएको थियो । तत्कालिन सरकारले ढकाललाई तेस्रो पटक महानिर्देशकको जिम्मेवारी दिएको थियो । साढे चार महिनापछि यी दुई बीचको जिम्मेवारी पुनः उल्टिएको छ ।

    ढकाल भने आफूले गरेको कामको प्रतिवेदनको निकालेर मात्रै कानुनी रुपमा महानिर्देशक छोड्ने बताउँछन् । तर, सरकारले दिएको प्रयोगशालाको जिम्मेवारी सम्हाल्ने सोच नबनाएको उनी बताउँछन् ।

    ‘प्रयोगशाला जाने सोच बनाएको छैन । स्वास्थ्यमन्त्रीले गर्नुभएको निर्णय विषयमा सोध्न पाइएको छैन । उहाँ बाहिर गएकाले मैले मेरा गुनासा सुनाउन पाएको छैन,’ ढकाल भन्छन्,’ विभागीय जिम्मेवारी लिएको मान्छे आजभोलि छोडेर हिँड्ने कुरा होइन नि ।’

    ढकाललाई तीन–चार दिनको समय दिँदा पनि कुर्सी नछोडेको भट्टराईको गुनासो छ । ‘मैले यो बिषय सचिवज्यूलाई जानकारी गराएको छु । अब केही गर्नुहोला,’ भट्टराई भन्छन् ।

    ढकाल सरुवा भएको पत्र आइतबार विभागमा आइसकेको स्रोत बताउँछ । पत्र आएर रमाना तयार भएपनि ढकालले रमाना पत्र बुझ्न मानेका छैनन् । भट्टराई भने रमाना पत्र लिएर विभागमा महानिर्देशकका रुपमा आइतबारदेखि नै हाजिर भइसकेका छन् ।

    ‘व्यक्तिगत रुपमा मलाई पत्र आउन बाँकी छ । बजारबाट मैले थाहा पाएको छु, मेरो नाममा रहेको पत्र कोही मानिसले बुझिदिएका होला ,’ ढकाल भन्छन्, ‘ कुर्सी नछोड्ने होइन । समय आएपछि कानुन अनुसार छोड्छु ।’

    तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभागको महानिर्देशक सरुवा भइसकेको पत्र गइसकेको बताएको छ । पछिल्लो समय औषधिको मूल्यलाई लिएर ढकाल विवादमा तानिएका थिए ।

    ‘चार महिनामै सरुवा गर्नुको कारण के हो ? अपमान भयो । तर, प्रयोगशालाको जिम्मेवारी लिन्नँ । मन्त्रीज्यूसँग कुरा गर्छु । उहाँले कतै व्यवस्थापन गर्नुहुन्छ होला,’ ढकालले भने ।


    सोमवार, माघ ३ २०७८०६:३२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij