Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ को प्रदेश सभा बैठक शुरु, राजधानी तथा नामाकरण सम्बन्धी छलफल जारी

प्रदेश २ को प्रदेश सभा बैठक शुरु, राजधानी तथा नामाकरण सम्बन्धी छलफल जारी

  • सोमवार, माघ ३ २०७८

  • 761
    SHARES

  • प्रदेश २ को प्रदेश सभा बैठक शुरु, राजधानी तथा नामाकरण सम्बन्धी छलफल जारी

    काडमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक केहि बेर अघि मात्रै शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

    अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला(भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तर पूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रतिवेदन पेश गरेको छ ।

    प्रदेश सभा सचिवालयका अनुसार सहमति भए सहमतिमा र सहमति नभए मतदानबाट राजधानी तथा नामाकरण सम्बन्धी विषयमा निर्णय लिने तयारी छ । प्रदेशसभामा मतदानका लागि पहिले राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।

    पहिलो मतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए प्रदेशको नाम र राजधानी टुंगिनेछ । तर, मतदानबाट समेत प्रदेश नम्बर २ को नाम र राजधानी टुंगिने संकेत देखिएको छैन् ।

    प्रदेशको नाम ‘मधेस’ जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले गरेको प्रस्ताव हो । जानकी नाम एमाले र नेकपा (एकीकृत समाजवादी) तथा मिथिला(भोजपुरा कांग्रेसको प्रस्ताव हो ।

    सबै राजनीतिक दलमा बारा – र्साका सांसदको छुट्टै प्रदेशको नाम मध्य मधेस भनेर पनि प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव हो । तर, बारा –पर्साका सबै दलका सांसद्हरुले राजधानीमा वीरगन्ज छुट्टै प्रस्ताव गरेका छन् ।


    सोमवार, माघ ३ २०७८०१:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij