Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

जसपामा उपेन्द्र यादवको एकलौटी, बाबुराम भट्टराई रुष्ट, विचार केन्द्रित बहस गर्न आवहान्

जसपामा उपेन्द्र यादवको एकलौटी, बाबुराम भट्टराई रुष्ट, विचार केन्द्रित बहस गर्न आवहान्

  • आइतवार, माघ २ २०७८

  • 755
    SHARES

  • जसपामा उपेन्द्र यादवको एकलौटी, बाबुराम भट्टराई रुष्ट, विचार केन्द्रित बहस गर्न आवहान्

    काठमाडौं – जनता समाजवादी पार्टी जसपाभित्र तीव्र विवाद देखिएको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच विवाद बढेको हो।

    जसपाबाट एक अध्यक्ष महन्थ ठाकुर पक्ष बाहिरिएको ६ महिना बित्न नपाउँदै फेरि उपेन्द्र बाबुरामको दूरी बढेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली बहिर्गमनको लागि एकमत बनेका उपेन्द्र बाबुराम पछिल्लो समय खटपट भएको छ।

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा पार्टीको तर्फबाट मन्त्री पठाउँदा अध्यक्ष यादवले एकलौटी गरेदेखि संघीय परिषद् अध्यक्ष भट्टराईसँग दूरी बढेको छ। त्यसो त अध्यक्ष यादवले सरकारमा मन्त्री पठाउँदा मात्रै नभएर पार्टी तर्फबाट राष्ट्रियसभाको निर्वाचनको उम्मेदवारी चयनमा समेत एकलौटी गरेको भट्टराईको आरोप छ।

    अध्यक्ष यादवले पार्टीमा एकलौटी गर्न थालेपछि बाबुराम भने पार्टीमा शक्ति आर्जनमा केन्द्रित भएको उनी निकट स्रोत बताउँछ। अध्यक्ष यादवसँग बाबुराम मात्रै नभएर सरकारमा रहेका मन्त्रीहरूसमेत असन्तुष्ट छन्।

    अध्यक्ष यादवले पार्टीलाई एकलौटी चलाउन खोजेपछि असन्तुष्ट पक्षले कार्यकारिणी समितिको बैठक राख्न दबाब दिइरहेका छन्। तर, अध्यक्ष यादव तत्काल बैठक राख्ने पक्षमा छैनन्।

    दुईजना कार्यकारिणी अध्यक्ष व्यवस्था गरेको जसपामा एकलौटी रोक्नकै बाबुरामलाई अर्को अध्यक्ष बनाएर अशोक राईलाई संघीय परिषद् अध्यक्ष बनाउन पार्टीभित्र बलियो आवाज उठेको छ। असन्तुष्ट पक्षले दुई अध्यक्ष बनाउनुपर्ने अडान राख्दै गर्दा यादव समूहले एकल अध्यक्षलाई स्थापित गराउनुपर्ने अडानमा छन्।

    पार्टीमा अध्यक्ष यादवले एकलौटी चलाउन खोजिरहेको बेलामा संघीय परिषद् अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माणको सवाल उठाएका छन्।

    उनले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि व्यक्ति केन्द्रित नभएर विचार र विधि केन्द्रित बनाउन बहस गर्नुपर्ने बताएका छन्।

    ट्वीटरमा लेखेका छन्, ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि व्यक्ति केन्द्रित हैन विचार विधि केन्द्रित बहस गरौँ नेपाली सन्दर्भमा वैकल्पिक पार्टीका अहम् मुद्दा यी हुन्। १ समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद सहितको अग्रगामी विचार, २। सार्वभौम कार्यकर्ता र समावेशीरसामुहिक नेतृत्व सहितको संगठन।’

    उनले समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद सहितको अग्रगामी विचार र सार्वभौम कार्यकर्ता र समावेशी सामुहिक नेतृत्वसहितको संगठन निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्।

     


    आइतवार, माघ २ २०७८०१:३०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij