Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

कोरोना नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

कोरोना नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

  • शनिवार, माघ १ २०७८

  • 541
    SHARES

  • कोरोना नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रण र रोकथाममा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ । आज बालुवाटारमा नेकपा एमालेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

    उहाँले सरकारले गर्नुपर्ने काममा कुनै कमी नहुने भन्दै जनतालाई पनि कोभिड १९ को संक्रमणबाट बच्नका लागि सचेतना फैलाउने देखि सबै सचेत हुनुपर्ने बताउनुभयो । कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बनाउन विषयमा सरकारको ध्यानाकर्षण गराएकोमा एमालेलाई धन्यवाद दिदै प्रधानमन्त्री देउवाले सरकार गम्भीर भएर लागि रहेको बताउनुभएको हो ।

    यस्तै प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने पनि बताउनुभएको छ । ‘कोरोना नियन्त्र र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भनाइ थियो, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’

    नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको नेतृत्वमा पुगेको प्रतिनिधिभण्डलले प्रधानमन्त्री देउवालाई कोभिड रोकथाम र उपचारबारे ध्यानाकर्षण पत्र बुझाएको हो ।


    शनिवार, माघ १ २०७८११:५२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij