Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १५ दिन अत्यावश्यक सेवामात्र दिने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १५ दिन अत्यावश्यक सेवामात्र दिने

  • शुक्रवार, श्रावण २३ २०७७

  • 750
    SHARES

  • काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले १५ दिन अत्यावश्यक सेवामात्र दिने

    काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

    शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभएको छ । बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ ।

    बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।


    शुक्रवार, श्रावण २३ २०७७०२:३८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij