Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मन्त्री क्वाटरमा पार्क बनाउने सरकारको तयारी छः मन्त्री झाक्री

मन्त्री क्वाटरमा पार्क बनाउने सरकारको तयारी छः मन्त्री झाक्री

  • शुक्रवार, पौष ३० २०७८

  • 815
    SHARES

  • मन्त्री क्वाटरमा पार्क बनाउने सरकारको तयारी छः मन्त्री झाक्री

    काठमाडौं – सरकारले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको छ। भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको हो।

    भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकको मन्त्री निवास र त्यस वरपरका सरकारी कार्यालयलाई मिलाएर संरक्षण सहितको खुला ठाउँ बनाइने सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बताइन्।

    आजको मन्त्री निवास र कृषि विभागलाई खुला बनाएर त्यहाँ खुला क्षेत्र या पार्क निर्माण गर्ने र त्यहाँ रहेका विभागहरूलाई वन विभाग परिसरमा ल्याउने हाम्रो योजना छ, उनले भनिन्, काठमाडौंमा संकट परेको बेलामा टुँडीखेलमा बाहेक एक हजार मान्छे अट्ने ठाँउ भएन। हामीले अन्य ठाउँमा समेत पार्क बनाउन लागेका छौं।

    यसअघि सरकारले हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा स्टेट गेस्ट हाउस बनाउने निर्णय गरेको थियो। विदेशी पाहुना आएका बेला होटलमा नराखेर यस्तो गेस्ट हाउसमा राख्ने सरकारको तर्क थियो।

    लैनचौर वरपर, नयाँ बानेश्वर, मिनभवन वरपर नापी विभागलाई समेत समेटेर खुला क्षेत्र बनाउने सरकारको योजना रहेको उनले बताएकी छन्।

    पार्क बनाउने ठाउँमा रहेका सरकारी कार्यालयलाई बबरमहलमा रहेको वन विभाग परिसरमा सारेर सरकारी कार्यालयहरूको हब बनाउने योजना रहेको उनले बताइन्।


    शुक्रवार, पौष ३० २०७८०१:२६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij