Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरू

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरू

  • शुक्रवार, पौष ३० २०७८

  • 982
    SHARES

  • निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरू

    काठमाडौं – निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरू भएको छ।

    आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने १७ दलका प्रतिनिधिलाई बैठक बोलाइएको थियो।

    बैठकमा सहभागी हुनका लागि विभिन्न दलका नेताहरू पुगेका छन् । बैठक केहीबेरअघि सुरु भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपमहासचिव समेत रहेका नेता विष्णु रिमालसहित निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् ।

    त्यस्तै, सत्तारूढ दल माओवादी केन्द्रबाट लीलामणि पोखरेल आयोगमा पुगेका छन् भने कांग्रेसका नेता रमेश लेखक लगायतका नेताहरू आयोग पुगेका छन्
    नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै प्रेम सुवाल बैठकमा पुगेका छन् ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ।

    ‘राष्ट्रिय सभा चुनाव आउँदैछ। स्थानीय तहको चुनावको पनि तयारी भइरहेको छ। मतदाता नामवली संकलनको विशेष कार्यक्रम सकिएको छ। यिनै विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ प्रवक्ता शर्मा पौडेलले भने।

    माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ। आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ।


    शुक्रवार, पौष ३० २०७८०१:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij