Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या पुग्यो ६७

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या पुग्यो ६७

  • शुक्रवार, श्रावण २३ २०७७

  • 468
    SHARES

  • कोरोना भाइरस संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या पुग्यो ६७

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

    पछिल्लो पटक पाटन अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एक गरी २ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुने वीरगञ्जका एक पुरुष र सिरहाका एक युवक हुन् । वीरगञ्जबाट काठमाडौं आएर स्टार अस्पतालमा उपचार गराइरहेका पुरुषमा कोरोना पुष्टि भएपछि गत शनिबार पाटन अस्पतालमा लगिएको थियो ।

    अस्पताल स्रोतका अनुसार उनमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोगको समस्या थियो । उनको गएराति मृत्यु भएको हो ।

    उता, सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवकको गएराति उपचारकै क्रममा मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिनुभयो ।

    मृतक मिर्गौलाका बिरामी थिए । तीन वर्षदेखि डायलाइसिस गराइरहेका ती युवकलाई बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।कोरोना सक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।


    शुक्रवार, श्रावण २३ २०७७०२:३३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij