Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि, चिकित्सक, सैनिक र प्रहरी पनि संक्रमित

वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि, चिकित्सक, सैनिक र प्रहरी पनि संक्रमित

  • शुक्रवार, श्रावण २३ २०७७

  • 729
    SHARES

  • वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि, चिकित्सक, सैनिक र प्रहरी पनि संक्रमित

    वीरगञ्ज ।  वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    बिहीबार राती थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

    संक्रमित मध्ये पर्सा जिल्लाका मात्रै १ सय ३३ जना छन् भने बारा जिल्लाका ४ र रौतहटका ४ जना रहेका छन्।

    प्रहरी र जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरु गरि ४४ जनामा समेत कोरोना संक्रमण देखिएको छ।

    नेपाली सेनाका ५ जना, वीरगञ्ज कारागारका २ जना, तराई अस्पतालका १, पशु अस्पतालका १, नेशनल मेडिकल कलेजका १ जनामा संक्रमण भएको पाइएको छ।

    वीरगञ्ज २५ सिर्सिया टोलमा मात्रै २२ जनामा कोरोना संक्रमण देखिएको छ। पर्साको पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये २१ जना महिला र १ सय २० जना पुरुषहरु छन्।


    शुक्रवार, श्रावण २३ २०७७१२:२६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij