Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आइपिओ जारी गर्दै सेतीनदी हाइड्रो, निर्माण कार्य निर्धारित समयमै सक्ने दावी

आइपिओ जारी गर्दै सेतीनदी हाइड्रो, निर्माण कार्य निर्धारित समयमै सक्ने दावी

  • बुधवार, पौष २८ २०७८

  • 1.0K
    SHARES

  • आइपिओ जारी गर्दै सेतीनदी हाइड्रो, निर्माण कार्य निर्धारित समयमै सक्ने दावी

    काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाले आइपिओ निकाल्ने निर्णय गरेको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो ।

    साधारण सभावाट पारित उक्त प्रस्तावलाई अब जति सक्दो चाँडो कार्यान्वयनका लागी थप प्रक्रिया अगाडी बढाईने कम्पनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले जानकारी दिनुभयो । जुम प्रविधिको माध्यमवाट सेमि–भर्चुअल रुपमा गरिएको साधारण सभामा प्रमुख अतिथी पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सम्वोधन गर्र्दै भिजन लुम्विनीले गरेको नौलो अभ्यासको प्रशंसा गर्नुभयो । उहाँंले सानो सानो पूंँजी एकिकृत गरेर ठुला ठुला जलबिद्युतको परियोजना चलाउनु उदाहरणीय भएको उल्लेख गर्नुभयो ।

    साधारण सभामा बिशिस्ट अतिथि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य, प्रमुख सल्लाहकार गणेश कुमार श्रेष्ठ, वित्तीय सल्लाहकार नारायण पौडेल, सल्लाहकारहरु गोपाल पोखरेल, वासुदेव अधिकारी, सोसल डाईरेक्टर बोम बहादुर गुरुङ, एचआइडिसिएल प्रतिनिधि सञ्चालक वासुदेव भण्डारी, प्रोजेक्ट डाइरेक्टर लेखनाथ पाण्डे, कर्पोरेट लगानीकर्ता शाईन रेशुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल, सञ्चालकहरु दुर्गा सुवेदी, बिनोद ज्ञवाली, कुलबहादुर केसी, सन्तोष पोखरेल लगायतले सेती नदी जलविद्युत आयोजनाको काम अनुकरणीय तरिकाले भइरहेको भन्दै प्रशंसा गर्नु भएको थियो ।

    साधारण सभामा अध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदन र कम्पनीका सिए दिवाकर गिरीको आर्थिक प्रतिबेदन सर्वसहमतीमा पारित भएको कम्पनी सचिव मीन प्रसाद ढकालले जानकारी दिनुभयो । कार्यक्रममा कम्पनीका कृयाकलापमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै लक्ष्मण गैह्रे र उत्कृष्ट कर्मचारी दिपक केसी (कुशल) लाई सम्मान गरिएको थियो ।

    भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ । माछापुच्छ«को भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ ।

    विसं २०७७ साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

    उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ । पाँच अर्व रुपैया लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गर्ने भएका छन् । बैँक वित्तिय संस्थासँग लगानी सम्बन्धी सम्झौता यसअघिनै सम्पन्न भइसकेको आयोजना प्रवन्धक इन्जिीनियर लेखनाथ पाण्डेले जानकारी दिनुभयोे ।

    बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उहाँका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासी समेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् ।

    जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरीद गरिसकिएको र सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेश गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रवन्धक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।

    आयोजनाले उत्पादन गरेको विद्युत वर्षा यामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता छ ।

    आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ«ेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको कम्पनीले जनाएको छ ।

     

     


    बुधवार, पौष २८ २०७८०९:२४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij