Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

धरानमा कोरोनाको उपचार गराईरहेका २२ वर्षीय युवकको मृत्यु, मृत्यु हुनेको संख्या ६६ पुग्यो

धरानमा कोरोनाको उपचार गराईरहेका २२ वर्षीय युवकको मृत्यु, मृत्यु हुनेको संख्या ६६ पुग्यो

  • शुक्रवार, श्रावण २३ २०७७

  • 678
    SHARES

  • धरानमा कोरोनाको उपचार गराईरहेका २२ वर्षीय युवकको मृत्यु, मृत्यु हुनेको संख्या ६६ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट धरानको विपी कोाईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवकको मृत्यु भएको छ ।

    सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षीय युवकको गएराति उपचारको क्रममा मृत्यु भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयो ।

    मृतक मिर्गौलाका बिरामी थिए । विगत ३ वर्ष देखि डायलासिस गराइरहेको ती युवकलाई बुधवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको छ । यो समेत नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार हिजोसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


    शुक्रवार, श्रावण २३ २०७७१२:२०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij