Aug 26 2026 | २०८३, भाद्र १० गते

२०८३, भाद्र १० गते
  • यो साता चर्चामा :
images

राज्यमन्त्री श्रेष्ठको आह्वान: विद्यालय बन्दको समयलाई खोप लगाउन उपयोग गरौँ

राज्यमन्त्री श्रेष्ठको आह्वान: विद्यालय बन्दको समयलाई खोप लगाउन उपयोग गरौँ

  • सोमवार, पौष २६ २०७८

  • 877
    SHARES

  • राज्यमन्त्री श्रेष्ठको आह्वान:  विद्यालय बन्दको समयलाई खोप लगाउन उपयोग गरौँ

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले जाडो विदालाई विद्यार्थीहरुका लागि खोप लगाउने अवसरको रुपमा सदुपयोग गर्न लागिएको स्पष्ट पार्नु भएको छ ।

    अहिले सवै विद्यालयहरुले जाडो विदा दिने बेला भएकाले सवैले एकैचोटी जाडो विदा दिने र त्यस समयमा विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीहरुलाई खोप लगाउने समयको रुपमा उपयोग गर्न लागिएको उहाँको भनाई छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “विद्यालयहरुले यसै पनि अहिले जाडो विदा दिने बेला भएको छ, त्यसलाई एकैचोटी गरौँ र त्यही बेलामा विद्यालयका सवैलाई खोप लगाउन खोजिएको हो ।”

    विद्यालय तहका पढ्ने १२ बर्षदेखि १७ बर्षसम्मका विद्यार्थीहरुलाई आ आफ्ना विद्यालय र नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउन पाइने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नु भएका शिक्षासेवी समेत रहनु भएका राज्यमन्त्री श्रेष्ठले शैक्षिक क्षेत्रका सरोकारवाला र विभिन्न क्षेत्रका विज्ञहरुको सल्लाहका आधारमा सिसिएमसीले विद्यालय बन्द गर्न सिफारिस गरेको बताउनुभयो ।

    “१२ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई खोप नलगाइएकाले उनीहरु सङ्क्रमणको उच्च जोखिममा छन, त्यसैले केही समय विद्यालय बन्द गर्नुपर्ने पक्षमा धेरैको जोड रहेको हो,” उहाँले भन्नुभयो ।

    उहाँले यही माघ १ गतेदेखि १५ गतेसम्म १२ देखि १७ बर्षको उमेर समूहका सवै विद्यार्थीहरुलाई खोप लगाउनेगरी तयारी भरहेको र उनीहरुलाई पुग्नेगरी खोप रहेको पनि जानकारी दिनुभयो ।

    खोप नलगाएकाहरुलाई मात्रै बन्द गर्न भनिएको र खोप लगाएकाहरुलाई कुनै पनि गतिविधिमा प्रतिवन्धीत नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

    राज्य मन्त्री श्रेष्ठले भारतसँगको सिमानाबाट आवत जावत गर्नेहरुलाई पनि परीक्षण गरेर मात्रै आवत जावत गर्न दिने व्यवस्था गरिएकाले भारतबाट नेपालमा कोरोना सर्ने संभावना न्युन रहेको दावी गर्नुभयो ।


    सोमवार, पौष २६ २०७८०९:४६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij