Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

विवेकशील साझामा विवादः अन्तर्राष्ट्रिय समिति भंग गर्दै मिश्रसँग सम्बन्धविच्छेदको घोषणा

विवेकशील साझामा विवादः अन्तर्राष्ट्रिय समिति भंग गर्दै मिश्रसँग सम्बन्धविच्छेदको घोषणा

  • शनिवार, पौष २४ २०७८

  • 854
    SHARES

  • विवेकशील साझामा विवादः अन्तर्राष्ट्रिय समिति भंग गर्दै मिश्रसँग सम्बन्धविच्छेदको घोषणा

    काठमाडौं – विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भंग गर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् ।

    ‘विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत् समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौँ। तथापि, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहहरुसँगै अन्तर्राष्ट्रिय समिति समेत भंग भएको घोषणा गर्दछु’, भट्टको विज्ञप्तिमा भनिएको छ ।

    उनले पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरि नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिन्ह र पहिचान प्रयोग नगर्न समेत मिश्रलाई सचेत गराएका छन् । पार्टीलाई अस्वाभाविक हिसावले व्यवस्था विरोधी, संविधान विरोधी, परिवर्तन विरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तन विरोधी पार्टीको रुपमा चित्रित गर्ने काम रवीन्द्र मिश्रबाट भएको आरोप लगाउँदै समितिले विरोध गरेको छ ।

    विवेकशील पार्टीमा पछिल्लो समय वैचारिक मतभिन्नता आउँदा चर्को अन्तरविरोध रहेको छ। मिश्रको संघीयता र गणतन्त्र विरोधी डकुमेन्ट पास भएपनि मिलन पाण्डे समूहले विरोध गर्दै आएको थियो । यही विवादका बीच मिश्र समूहले पाण्डेलाई निष्काशनको घोषणा गरेको थियो । हाल मिश्रले राप्रपासँग एकीकरण वार्ता थालेका छन् ।


    शनिवार, पौष २४ २०७८०२:१०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij