Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

बढ्दो संक्रमणबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा छलफल, सबै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

बढ्दो संक्रमणबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा छलफल, सबै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • शुक्रवार, पौष २३ २०७८

  • 718
    SHARES

  • बढ्दो संक्रमणबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा छलफल, सबै अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं । कोरोनाको संक्रमण हिजोको तुलनामा आज झण्डै दोव्वर रुपमा देखा परेको छ।
    स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पनि पुष्टि भएको छ ।

    हिजो ५सय ४० जनामा संक्रमण पुष्टि भएकोमा आज एकै दिन ४०० भन्दा बढी कोरोना संक्रमित थपिएका हुन् । संक्रमितको झण्डै दोव्वर वृद्धिले राम्रो संकेत देखिएको छैन ।

    स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपानाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राले ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको जानकारी दिनुभएको छ ।

    प्रवक्ता डाक्टर मिश्राले मन्त्रालयले संक्रमण फैलिन नदिन नाकामा परिक्षणको दायरा वढाएको भन्दै अहिले नै यसलाई तेस्रो लहर भन्न भने नसकिने बताउनुभयो ।

    यता बिगतको बढ्दो चहलपहलले कोरोना फैलीएको स्वास्थ्य कर्मीहरुको भनाई छ । खोप लगाएको व्यक्तिमा पनि संक्रमण हुन सक्ने भएकाले थप सजगता अपनाउनुपर्ने सरुवारोग विशेषज्ञ डा शेरवहादुर पुनले जानकारी दिनुभएको छ ।

    अहिले परिक्षण बढेकाले पनि संक्रमितको संख्या बढेको पनि हुन सक्ने भन्दै उहाँले सवै कुरा जनस्वास्थ्यका मापदण्ड संग सम्वन्धीत भएकाले आगामी दिनमा संक्रमितलाई जटिल अवस्थामा जान रोक्नुमा नै अर्जुनदृष्टि हुनुपर्नेमा जोड दिनुभयो ।

    यसैगरि, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
    आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो।

    बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ ।


    शुक्रवार, पौष २३ २०७८०८:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij