Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक सुरु, यी हुन् छलफल हुने विषय

मन्त्रिपरिषद् बैठक सुरु, यी हुन् छलफल हुने विषय

  • बुधवार, पौष २१ २०७८

  • 725
    SHARES

  • मन्त्रिपरिषद् बैठक सुरु, यी हुन् छलफल हुने विषय

    काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बुधबार दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भारतको गुजरातमा हुने दशौं संस्करणको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन र खर्च निकासाबारे छलफल हुनेछ ।

    प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल पुस २५ गते नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली हुँदै गुजरात जानुहुनेछ ।

    दिल्लीसम्म निगमको व्यावसायिक उडान भए पनि त्यहाँबाट गुजरातसम्म भने सरकारले वायु सेवा निगमको विमान चार्टड गर्नुपर्ने हुन्छ । यस विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने सिंहदरवार स्रोतले जानकारी दियो ।

    यस्तै, जापान सरकारबाट प्राप्त हुने आर्थिक वृद्धि तथा उत्थानशीलताका १० अर्ब ३९ करोड रुपैयाँको सहयता स्वीकार गर्ने प्रस्तावमा छलफल हुनेछ ।


    बुधवार, पौष २१ २०७८०१:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij