Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

  • सोमवार, पौष १९ २०७८

  • 1.0K
    SHARES

  • नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

    काठमाडौं – नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

    स्रोतका अनुसार बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेका थिए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो ।

    प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उनले प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिए ।
    श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको जनाईएको छ ।


    सोमवार, पौष १९ २०७८०४:५७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij