Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन सर्वसम्मतिबाट पारित

माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन सर्वसम्मतिबाट पारित

  • शुक्रवार, पौष १६ २०७८

  • 896
    SHARES

  • माओवादी महाधिवेशनः प्रचण्डको प्रतिवेदन सर्वसम्मतिबाट पारित

    काठमाडौं । राजधानीमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेदन सर्वसम्मतिले पारित भएको छ।

    प्रतिवेदनमा उठेका प्रश्नहरूमाथि प्रचण्डले शुक्रबार करिब दुई घण्टा लगाएर जवाफ दिएका थिए। विभिन्न २५ समूह बनाएर गरिएको छलफलपछि उठेका प्रश्नको जवाफ दिँदै उनले यसमा आएका सुझावहरूलाई समेट्दै प्रतिवेदनमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाए।

    गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

    उक्त प्रतिवेदनमाथि बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए। तत् पश्चात शुक्रबार अध्यक्ष प्रचण्डले जवाफ दिएपछि प्रतिवेदन पारित गरेको हो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमिति चयन गर्नेछ ।

    उनले राम कार्कीको पुरक मतलाई समेट्ने र लेखनाथको फरक मतलाई फरक मतकै रुपमा सुरक्षित राख्ने बताएका छन्।


    शुक्रवार, पौष १६ २०७८०४:५५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij