Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २३५ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

कोरोनाका २३५ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित
  • शुक्रवार, पौष १६ २०७८

  • 859
    SHARES

  • कोरोनाका २३५ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा गरी २३५ जनामा कोरोना पुष्टि भएको छ ।

    यस्तै पछिल्लो सोहि समयमा ४ जनाको मृत्यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ । ती मध्ये ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५९४ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ८७९ जना सक्रिय संक्रमित  रहेका छन् । जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् भने २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    शुक्रवार, पौष १६ २०७८०३:५७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij