Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नबिलसँग बंगलादेश बैंक गाभिने, मर्जर समिति गठन

नबिलसँग बंगलादेश बैंक गाभिने, मर्जर समिति गठन

  • बिहिवार, पौष १५ २०७८

  • 960
    SHARES

  • नबिलसँग बंगलादेश बैंक गाभिने, मर्जर समिति गठन

    काठमाडौँ — नबिल बैंकले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि औपचारिक रुपमा प्रक्रिया अघि बढेको छ । यसका लागि दुबै बैंकले अनौपचारिक रुपमा सहमति गरेर आ–आफ्नो तर्फबाट प्रक्रिया अघि बढाइसकेका छन् । जसअनुसार दुबै बैंकले मर्जर समिति गठन गरिसकेका छन् ।

    स्रोतका अनुसार नबिल बैंकले बुधबार र बंगलादेश बैंकले बिहीबार मर्जर समिति गठन गरेका हुन् । नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको छ ।

    यी बैंकबीच धेरै पहिलेदेखि नै प्राप्तिको हल्ला चलेको हो । यद्यपि सेयर मिलान अनुपात ९स्वाप० लगायत विषयमा कुरा मिलिसकेको थिएन । अहिले ती विषयमा कुरा मिलिसकेकाले औपचारिक रुपमा दुबै संस्थाले प्रक्रिया अघि बढाएका हुन् । स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ ।

    आईएफआईसीले बिक्री गर्ने र बाँकी केही सेयर पनि खरिद गरेर नबिल बैंकले बंगलादेशलाई प्राप्ति गर्न लागेको स्रोतले बताएको छ ।

    यसअघि नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको हो ।

    यी बैंकको मर्जरको हल्लाले सेयर बजार पनि पटक पटक प्रभावित हँुदै आएको छ । सोही क्रममा बुधबार बंगलादेश बैंकको सेयरमूल्य ९ प्रतिशतले बढेको छ । हाल नेपाल बंगलादेश बैंकको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ तथा नबिलको १४५० रुपैयाँ छ । नबिलले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३३.६ प्रतिशत सेयर बोनस र ४।४ प्रतिशत नगद लाभांश वितरण गर्न बाँकी नै छ । भोलिका लागि कम्पनीको बुक क्लोज मिति तय भएको छ । तर नेपाल बंगलादेश बैंकले गत आवको नाफाबाट १२ प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।

     


    बिहिवार, पौष १५ २०७८०४:३५:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij