काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ३३ पीसीआर र १ हजार १ सय ७५ एन्टिजेन गरी ७ हजार ६ सय ८ परीक्षणमा २ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो सोहि अवधिमा संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ५३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ८ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।