Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

यस्ता छन्,  राजनीतिक प्रतिवेदनमा प्रचण्डले औंल्याएका आफ्नै ३ गल्ती ?

यस्ता छन्,  राजनीतिक प्रतिवेदनमा प्रचण्डले औंल्याएका आफ्नै ३ गल्ती ?

  • सोमवार, पौष १२ २०७८

  • 1.0K
    SHARES

  • यस्ता छन्,  राजनीतिक प्रतिवेदनमा प्रचण्डले औंल्याएका  आफ्नै ३ गल्ती ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रुपमा ३ वटा गल्ती गरेको उल्लेख गरेका छन्।

    सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले आफ्नो आत्मसमीक्षा गरेका छन् ।

    प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन् । उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो ।’

    प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती औंल्याएका छन् । ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिलजस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन् ।

    प्रचण्डले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपथ्र्यो, विचार थियो भने ९यसलाई स्थगित गर्नेबारे० छलफल गर्नुपथ्र्यो’ उनले भनेका छन् ।

    तर उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिए । ‘यो सन्दर्भ सामग्री मात्र भयो, यसलाई संश्लेषण गरेर अगाडि बढ्ने हो’ प्रचण्डले भने । आत्मा समिक्षा गर्ने बेला आएको पनि उनले बताएका छन् ।


    सोमवार, पौष १२ २०७८०४:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij