Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

  • सोमवार, पौष १२ २०७८

  • 517
    SHARES

  • नेपालमा ५ देखि ११ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

    काठमाडौँ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ।५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।

    डा मरासिनीका अनुसार बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ। सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको डा मरासिनीले जानकारी दिए।

    यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ।


    सोमवार, पौष १२ २०७८१०:५३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij