Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

  • बुधवार, श्रावण २१ २०७७

  • 820
    SHARES

  • जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

    काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बैठक बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो ।

    बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापन लगायतका एजेण्डा रहेको जसपा वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेको यो पार्टीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको वरीयता विवाद मिल्न बाँकी छ ।

    नेताहरूको वरीयता विवादबारे पनि छलफल हुने बताइएको छ । बुधबारबाट सुरु भएको बैठक बढीमा २६ साउनसम्म लम्बिन सक्ने जसपा नेता रकम चेम्जोङले जानकारी दिनुभयो । १० वैशाखमा पार्टी एकीकरण घोषणा गरेको जसपाले २८ असारमा निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।


    बुधवार, श्रावण २१ २०७७०३:०१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij