Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

तिलक फिल्म्सले मनायो ५औं वार्षिकोत्सव, एनआरएनकर्मी जोशीसहित समाजसेवी सम्मानित

तिलक फिल्म्सले मनायो ५औं वार्षिकोत्सव, एनआरएनकर्मी जोशीसहित समाजसेवी सम्मानित

  • शनिवार, पौष १० २०७८

  • 701
    SHARES

  • तिलक फिल्म्सले मनायो ५औं वार्षिकोत्सव, एनआरएनकर्मी जोशीसहित समाजसेवी सम्मानित

    काठमाडौँ । तिलक फिल्म्सले ५औं वार्षिकोत्सव मनाएको छ ।

    फिल्म्सले राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, सम्मान प्रदान तथा सांस्कृतिक समारोह आयोजना गदै ५औं वार्षिकोत्सव मनाएको हो ।

    सो अवसरमा नेपाली रेडियो नेटवर्कमा कार्यरत युवा पत्रकार दीपक जोशीसहित समाजसेवीहरूलाई सम्मान गरिएको छ । जोशीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट सम्मानित गरिएको हो ।

    सम्मानितहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खाँदा र माला लगाउँदै प्रमाणपत्र दिएर सम्मान गरे ।

    dpk sammanit.jpg

    अन्य सम्मानित हुने सामाजसेवीहरूमा शशिधर पौडेल, राधा पोखरेल, रामकृष्ण वल, हरिशंकर ठाकुर, मख्खन धामी, रमिला खड्का, गायिका पूर्णकला विसि, तेजराज भुजेल, राजु कार्की, कपिल देवकोटा, मनिषा राई, सूर्य लामा, रेनुका रिजाल, शान्ति श्रेष्ठ र कुमार राना रहेका छन् ।

    दीपकराज जोशी प्रबन्ध निर्देशक रहेको फिल्म्सले चलचित्र, गीतसँगै चेतनामूलक सामग्री निर्माण तथा गर्दै आएको छ ।




    शनिवार, पौष १० २०७८१२:२८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij