काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तरगत किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिमा निर्माण गरेको चन्द्रागिरी साहसिक साइकल ट्रेलको बिहीबार उद्घाटन भएको छ ।
कीर्तिपुुर– नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त टे«ल बोसनडाँडा देखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको वेस स्टेशनसम्म पुगेर टुङ्गिन्छ ।
करिब १५ किलोमिटर लम्बाईको उक्त साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले बिहीबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा पूर्र्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहस नहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्त्व्य निर्माण हुनु सकारात्मक भएको बताउनु भयो ।
उहाँले नेपालमा पर्यटनका लागि अथाह सम्भावना र सम्पदाहरु रहेको उल्लेख गर्दै देशको आर्थिक विकासको लागि पर्यटनलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्युनिकरण गर्न र पर्यटन पुनउत्थानका लािग बोर्डले निरन्तर पहल गरिहको जानकारी दिँदै यो परियोजनाबाट बनेका संरचनाहरुको दीगो व्यवस्थापन र सञ्चालनका लागि स्थानीय तह अझै सक्रिय रहनु पर्ने बताउनु भयो ।
उपाध्यक्ष रिजालले सिमित स्रोत र साधनका बाबजुद पनि बोर्डले पर्यटन पुनउत्थानका लागि काम गरिरहेको जानकारी दिनुभयो । यस्तै युएनडीपीका नेपाल स्थित आवासिय उपप्रतिनिधी बर्नाडो कोकोले यस परियोजनाले थोरैै भएपनि अल्पकालीन रोजगारी सिर्जनामा सहयोग गरेको उल्लेख गर्दै नेपालको दीगो पर्यटन विकासमा युएनडीपीको सधैं सहयोग रहने बताउनु भयो ।
यस्तै युएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले पर्यटन बोर्डसँगको सहकार्यबाट सञ्चालित परियोजनाको काम सन्तोषजनक रहेको बताउँदै कोभिड संक्रमणले पर्यटन मजदुर बेरोजगार बनेको समयमा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहतको काम गरेको बताउनु भयो ।
चन्द्रागिरी नगरपािलकाका नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाले पर्यटकीय पूर्वाधार विकास तथा धार्मिक सांस्कृतिक पर्यटन प्रर्वद्धनमा जोड दिएको बताउँदै यो परियोजना मार्फत निर्माण भएको संरचनाहरुको संरक्षण र दीगो सञ्चालनमा नगरपालिकाले सधै ध्यान दिने बताउनु भयो ।
कीर्तिपूर नगरपालिकाका नगर प्रमुख रमेश मर्हजनले अहिले भइरहेका गतिविधीले पर्यटनलाई चलायमान बनाउन सहयोग पुगेको उल्लेख गर्दै परियोजनाबाट बनेका संरचनाहरुको अपनत्व ग्रहण गर्दै यसको दीगो सञ्चालनका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनु भयो ।
यस्तै पर्यटन बोर्डका सदस्य ङामा निमा शेर्पाले पर्यटकीय गन्त्व्य बन्नुभन्दा त्यसको दीगो व्यवस्थापन महत्वपूर्ण रहेको बताउँदै साइकिलङ्ग आफैमा साहसिक पर्यटन मात्र नभएर पर्यावरण र स्वास्थ्यका हिसावले पनि महत्वपूर्ण रहेको बताउनु भयो ।
यस्तै टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुम सुवेदीले यो परियोजना कार्यान्वयनका लागि टानले सकृय सहभागिता नजाएको बताउँदै यस्ता गन्त्व्यको विकासले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाटा) का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले कोभिड महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस पयिरयोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताउँदै नाटाले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएर काम गरिरहको बताउनु भयो ।
होटल एसोशिएसन नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत टेक महतले जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाले कोभिडले समस्यामा परेका पर्यटन मजदुरका लागि राहत प्रदान गरेको बताउँदै अझै पनि कोभिडको संक्रमण नसकिएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
पर्यटन बोर्डका निर्देशक तथा एसटीएलआरपी परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा राफ्टिङ्ग गरिने नदी,टे«किङ्ग टे«ल,हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिएको र यसबाट पर्यटकीय सम्पदाहरुको नवनिर्माण र पुनःनिर्माणमा सहयोग पुगेको जानकारी दिनुभयो ।
करिब साढे वर्ष अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ ।
विशेषगरी पर्यटन क्षेत्रका करिब ६ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पु¥याईने परियोजनाको लक्ष्य छ । यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरि थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।
यसैबीच उक्त टे«लको उद्घघाटन पूर्व नेपाल पर्यटन बोर्डबाट करिब ५० जना साइकिलिस्टहरु सहभागी ¥याली बोर्डबाट कार्यक्रम स्थलसम्म पुगेको थियो । उक्त ¥यालीको बोर्डका सदस्यद्वय कृष्ण साह र ङामा निमा शेर्पाले उद्घाटन गर्नु भएको थियो ।