Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

यी हुन् मन्त्रिपरिषद बैठकका सात निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकका सात निर्णय

  • शुक्रवार, पौष ९ २०७८

  • 954
    SHARES

  • यी हुन् मन्त्रिपरिषद बैठकका सात निर्णय

    काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
    मन्त्री कार्कीकाअनुसार बैठकले औद्योगिक व्यवसाय ऐन, ०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने र विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।
    त्यस्तै, क्रिसमसको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले जिल्ला सभा रुपन्देहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

    मन्त्रिपरिषद बैठकको निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरिएको जानकारी दिनुभयो ।

    यस्ता छन् मन्त्रिपरिषद बैठकको निर्णय–

    १. औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ ९१० बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने

    २. विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने

    ३. क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने

    ४. संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने

    ५. राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने

    ६. जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने

    ७. हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुर्नावालोकन गर्ने


    शुक्रवार, पौष ९ २०७८०२:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij