Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

शेयर बजारः नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे चार अर्बको कारोबार

शेयर बजारः नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे चार अर्बको कारोबार

  • बिहिवार, पौष ८ २०७८

  • 756
    SHARES

  • शेयर बजारः नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, साढे चार अर्बको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीवार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा पछि लगातार जसो घटिरहेको शेयर बजार राष्ट्र बैंकले आयातमा गरेको कडाइसँगै लगातार बढिरहेको छ ।

    मंगलबार र बुधबार उच्च अंकले बढेको नेप्से परिसूचक बिहीबार १२ दशमलव ५३ अंकले बढेर २ हजार ५ सय २० दशमलव २३ अंकमा पुगेको छ ।

    कारोबार संख्या र रकम पनि बिहीबार राम्रै देखिएको छ । दिनभर भएको कारोबारबाट ८३ लाख २३ हजार ९ सय २३ कित्ता शेयर किनबेच हुँदा शेयर कारोबार रकम ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँ पुगेको छ

     


    बिहिवार, पौष ८ २०७८०३:३४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij