Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा उत्साहजनक वृद्धि, पछिल्लो दुई दिनमा १४८ अंकको सुधार

नेप्सेमा उत्साहजनक वृद्धि, पछिल्लो दुई दिनमा १४८ अंकको सुधार

  • बुधवार, पौष ७ २०७८

  • 471
    SHARES

  • नेप्सेमा उत्साहजनक वृद्धि, पछिल्लो दुई दिनमा १४८ अंकको सुधार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो ।

    यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ । हिजो मंगलबार पनि उकालो लागेको सेयर बजारमा ५६ अंकको सुधार आएको थियो ।

    २४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । यसक्रममा ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको छ । यो अघिल्ला दिनहरूकोभन्दा बढी कारोबार रकम हो ।


    बुधवार, पौष ७ २०७८०३:५९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij