Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधान्यायाधीश जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

प्रधान्यायाधीश जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

  • बुधवार, पौष ७ २०७८

  • 758
    SHARES

  • प्रधान्यायाधीश जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
    न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले आज विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराउनुभएको छ ।

    न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले आज दिउँसो ३ बजे बैठक राख्नुभएको थियो ।

    प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।


    बुधवार, पौष ७ २०७८०१:३०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij