Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

केपी ओलीलाई नारायणकाजीको जवाफ, ‘पार्टीको बैठकबाट भाग्न मिल्दैन’

केपी ओलीलाई नारायणकाजीको जवाफ, ‘पार्टीको बैठकबाट भाग्न मिल्दैन’

  • मंगलवार, श्रावण २० २०७७

  • 830
    SHARES

  • केपी ओलीलाई नारायणकाजीको जवाफ, ‘पार्टीको बैठकबाट भाग्न मिल्दैन’

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन्।

    एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने प्रवक्ता श्रेष्ठको भनाई छ।

    प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अरुका कुरा पनि सुन्ने र आफ्नो कुरा राखेर पार्टीभित्र भएको विवादको निकास दिनुपर्ने श्रेष्ठले बताए।।

    वैठकमा सहभागी भएर वृद्धि विवेक पु¥याएर निष्कर्ष निकाल्नुपर्ने उनले बताए।

    ओलीले पार्टी अध्यक्ष वा प्रमबाट राजिनामा दिने भन्ने कुरा पार्टीको औपचारिक प्रस्ताव बनिनसकेको समेत श्रेष्ठले बताए।

    प्रधानमन्त्री ओलीले मुलुक कारोना संकटमा रहेका बेला पार्टीका बैठकहरुको माग भइरहेको भन्दै मंगलबार आपत्ति प्रकट गरेका थिए।

    उनले सरकारले २५ जना भन्दा धेरै भेला हुन नपाइने भनिरहेका बेला आफ्नै पार्टीभित्रबाट ४५० जनाको केन्द्रीय कमिटिको माग गरेर देश र जनताप्रति उदासिन प्रवृत्ति प्रकट भइरहेको आरोप लगाएका थिए ।

     


    मंगलवार, श्रावण २० २०७७०५:२८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij