Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

थप १८४ जनामा कोरोना संक्रमण, २ को मृत्यु

थप १८४ जनामा कोरोना संक्रमण, २ को मृत्यु

  • बिहिवार, पौष १ २०७८

  • 506
    SHARES

  • थप १८४ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २६७ जना निको भएका छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७३ पुगेको छ ।

    योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ भने ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ जना रहेका छन् । जसमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    zरोनाका बिरामीमध्ये १११ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना कोरोना संक्रमित थपिएका छन् ।


    बिहिवार, पौष १ २०७८०५:०७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij