Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्रीको मतगणना जारी, गगन थापाको अग्रता कायमै

कांग्रेस महामन्त्रीको मतगणना जारी, गगन थापाको अग्रता कायमै

  • बिहिवार, पौष १ २०७८

  • 706
    SHARES

  • कांग्रेस महामन्त्रीको मतगणना जारी,  गगन थापाको अग्रता कायमै

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ ।महामन्त्रीको प्रारम्भिक मत परिणाममा गगन थापालाई झन्डै दुई तिहाइ महाधिवेशन प्रतिनिधिले भोट हालेको देखिएको छ।

    पाँच सय मत गन्दा गननले ३२५ मत पाएका छन्। यो भनेको ६५ प्रतिशत हो।गगनले दोस्रो निकट प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतको अग्रता लिएका छन्।

    दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्मा १८५, तेस्रो स्थानमा प्रदीप पौडेलले १७७ र चौथो स्थानमा प्रकाशशरण महतले १६३ मत पाएका छन् भने मिनेन्द्र रिजालले ८६ मत पाएका छन्।

    महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन्।
    विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।

     


    बिहिवार, पौष १ २०७८०१:१४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij