Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा विवाद समाधान गर्न प्रचण्ड- वामदेव भेट

नेकपा विवाद समाधान गर्न प्रचण्ड- वामदेव भेट

  • मंगलवार, श्रावण २० २०७७

  • 1.0K
    SHARES

  • नेकपा विवाद समाधान गर्न प्रचण्ड- वामदेव भेट

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जारी रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ । आज विहान अध्यक्ष प्रचण्ड गौतमको भैसेपाटीस्थित निवास पुगेर छलफल गर्नुभएको हो ।उपाध्यक्ष गौतमले पार्टीको विवाद मिलाउन यहि श्रावण १३ गते ६ बुँदे प्रस्ताव गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनु हुदैन भन्ने पक्षमा उभिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ ।

    अध्यक्ष प्रचण्डले गौतमसँग अहिलेको विवाद र समाधानका बारेमा छलफल गरेको बुझिएको छ । प्रचण्डले पार्टीका स्थायी कमिटी र केन्द्रीय कमिटीमै सबै समस्याको समाधान खोजिनुपर्ने बताउदै आउनुभएको छ । प्रधानमन्त्री ओलीले भने आफुले पार्टीको अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा गर्ने बाहेक अन्य विषयमा मात्र छलफल गर्न तयार रहेको बताउनुभएको छ । यसअघि नेकपा अध्यक्षद्वय बीच हिजो छलफल भएपनि कुनै निष्कर्ष भने निस्किएको छैन ।


    मंगलवार, श्रावण २० २०७७०३:३५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij