Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

मैले शेखरलाई भोट माग्दा मेरो उपहास हुन्थ्यो : रामचन्द्र पौडेल

मैले शेखरलाई भोट माग्दा मेरो उपहास हुन्थ्यो : रामचन्द्र पौडेल

  • बुधवार, मंसिर २९ २०७८

  • 1.5K
    SHARES

  • मैले शेखरलाई भोट माग्दा मेरो उपहास हुन्थ्यो : रामचन्द्र पौडेल

    काठमाडौं। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका उम्मेदवार शेखर कोइरालालाई भोट माग्दा आफ्नो उपहास हुने भएकाले भोट माग्न नगएको स्पष्ट पार्नु भएको छ ।

    विरासतको आडमा आफुलाई सभापतिको उम्मेदवार बन्नबाट बञ्चित गराइएको आरोप लगाउदै आफु उम्मेदवार नभएपछि भोट माग्न जान नमिल्ने तर्क गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानीका क्रममा उहाँले प्रतिप्रश्न गर्नुभयो, “विरासतको आडमा मलाई हटाइयो, अनि म नङ्गिएर आउनु पर्ने ?”

    आफ्ना लागि अरुले भोट माग्नु पर्दा नाङ्गीएको नहुने तर कोइरालालाई भोट माग्दा भने आफु नाङ्गीएको हुने पौडेलको भनाई थियो ।
    नेता पौडेलले आफु सभापतिको उम्मेदवार बन्न नपाएपछि चुनावी प्रक्रियाबाट बाहिरिएको घोषणा गरेकाले आफ्नो समर्थन कसैलाई पनि नरहेको स्पष्ट पार्नु भयो ।

    उहाँले नेता कोइरालालाई भोट नमागेपछि आफ्नै पक्षका कार्यकर्ताहरुले “रामचन्द्र दाई खुल्नै पर्छ, रामचन्द्र दाई बोल्नै पर्छ, शेखर गगन चाहिन्छ चाहिन्छ, अवको सभापति शेखर दाई” भनेर नारावाजी गरेका थिए ।

    आफ्नै निवासमा आयोजना गरिएको चियापान कार्यक्रममा कार्यकर्ताहरुले शेखरको पक्षमा बोल्नु पर्नेभन्दै नारावाजी गरेपछि नेता पौडेलले चुप लाग्न कार्यकर्ताहरुलाई थर्काउनु भएको थियो ।

     


    बुधवार, मंसिर २९ २०७८०७:५८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij