काठमाडौँ । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४ हजार ३१७ एन्टिजेन परीक्षणमा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो सोहि समयमा संक्रमणमुक्त हुनेको संख्या ३६२ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २ लाख ३६ हजार ४८२ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म २ करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाइसकिएको छ ।