काठमाडौं । कोरोनाको महामारी रोक्न पुनः लकडाउन गर्नेरनगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गरिरहनुभएको छ । पछिल्लो समय काठमाडौँ उपत्यका लागयत देशभर संक्रमितहरु बढ्दै गएपछि यसको रोकथामका लागि पुनः लकडाउन गर्ने नगर्नेबारे प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका विज्ञ र विपक्षी दलका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो । प्रधानमन्त्रीनवास बालुवाटारका बिहान साढे ११ बजेदेखि सुरु भएको छलफल अहिले पनि जारी रहेको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजागाईंले जनाकारी दिनुभयो ।
सो छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोरोना रोकथाम समितिका पदाधिकारी र सदस्यहरु, स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन्। देशैभर कोरोना संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार अहिले नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० रहेको छ भने सक्रमणबाट ५७ जनाको ज्यान गइसकेको छ ।
कोरोना समुदायमै फैलिएपछि अहिले बारा, पर्सा, जनकपुर विरानटनर लगायतका क्षेत्र सिल गरिएको छ ।