Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभा

संसदको भोलि बस्ने बैठकमा ६ अध्यादेश पेश गरिने

संसदको भोलि बस्ने बैठकमा ६ अध्यादेश पेश गरिने

  • सोमवार, मंसिर २७ २०७८

  • 874
    SHARES

  • संसदको भोलि बस्ने बैठकमा ६ अध्यादेश पेश गरिने

    काठमाडौँ । प्रतिनिधिसभाको भोलि(बुधवार) बोलाइएको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएका छन् । संसद सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ ।

    दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ ।

    त्यसपछि गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नुहुनेछ । उहाँले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गन कार्यसूचि छ ।

    त्यस्तै भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादवले रेल्वे अधयादेश २०७८ पेश गर्ने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेश गर्नुपर्ने प्रावधान छ ।


    सोमवार, मंसिर २७ २०७८०५:१२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij