Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

फेरी लकडाउन हुने संभावना, कर्फ्यू वा कडा लकडाउन लगाउन जनस्वास्थ्यविद्हरुको सुझाव

फेरी लकडाउन हुने संभावना, कर्फ्यू वा कडा लकडाउन लगाउन जनस्वास्थ्यविद्हरुको सुझाव

  • मंगलवार, श्रावण २० २०७७

  • 1.1K
    SHARES

  • फेरी लकडाउन हुने संभावना, कर्फ्यू वा कडा लकडाउन लगाउन जनस्वास्थ्यविद्हरुको सुझाव

    काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या बढ्दै जान थालेपछि विज्ञहरुले तत्काल लकडाउन लागु गर्न सरकारलाई सुझाव दिएका छन् ।

    जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेले कम्तीमा तीन हप्ताका लागि देशव्यापी लकडाउन लगाउनु पर्ने अवस्था सृजना भएको जानकारी दिनुभयो ।

    पहिला पहिलाको भन्दा कडा लकडाउन वा कर्फ्यु लगाउनु पर्ने उहाँले नेपाली रेडियो नेटवर्कसँग बताउनुभयो । खुकुलो लकडाउनको औचित्य नभएको र खुकुलो लकडाउनले थेग्ने चरण वितिसकेको पनि उहाँले बताउनुभयो ।

    लगातार र कडा लकडाउन तीन हप्तासम्म लगायो भने संक्रमण एक तहमा नियन्त्रण हुन्छ, त्यसपछि जहाँ जहाँ देखिएको छ, त्यही मात्रै लगाएर अन्यत्र खोल्न सकिने बनाउन सकिन्छ, नेपाली बहसमा उहाँले भन्नुभयो ।

    यसअघि लकडाउन खुकुलो बनाइएको र आम नागरिकले पनि लापर्वाही गरेकाले प्रभावकारी हुन नसकेको डा पाण्डेको बुझाई छ । त्यसैले अहिले पनि खुकुलो लकडाउनको अर्थ नहुने भएकाले कडा लकडाउनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

    विरामीहरुमा लक्षण नदेखिने, आइसियुहरु धेरै प्रयोग भइसकेको, स्वास्थ्य सेवा विस्तारको काम न्युन मात्रै भएको, तयारी पर्याप्त नभएकोलगायतका कारणले पहिलाभन्दा अहिले झनै खतरा भएको उहाँले चेतावनी दिनुभयो ।

    डा पाण्डेले नियन्त्रण गरेको भनिएका कतिपय ठूला तथा विकसीत देशहरुमा पनि अहिले फेरी फैलिदै गएकाले हामीले पनि उच्च सतर्कता अपनाउनै पर्नेमा जोड दिनुभयो ।

    अन्य स्वास्थ्यविद् तथा बरिष्ठ चिकित्सकहरुले पनि तत्काल उच्च सतर्कताका उपायहरु अपनाउन सरकारलाई दवाव दिदै आएका छन् ।


    मंगलवार, श्रावण २० २०७७०८:५४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij