काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ ।
यस्तै पछिल्लो सोहि अवधिमा १ जनाको मृत्यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ४ पुगेको छ । तीमध्ये ८ लाख ६ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५५४ जनाकोे मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
पछिल्लो २४ घण्टामा थप ६९ हजार ५८० जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।