Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपाका दुई अध्यक्षबीच आज फेरि छलफल हुने

नेकपाका दुई अध्यक्षबीच आज फेरि छलफल हुने

  • मंगलवार, श्रावण २० २०७७

  • 878
    SHARES

  • नेकपाका दुई अध्यक्षबीच आज फेरि छलफल हुने

    काठमाडौं । निश्कर्षविहिन हुदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि वार्ता हुने तयारी भएको छ ।

    केही समयदेखि पटक पटक वार्ता हुदै आएपछि सहमती हुन नसकेकाले बैठकले आज पनि निरन्तरता पाउने संभावना रहेको निकटस्थहरुले जानकारी दिएका छन् ।

    नेकपाका दुई अध्यक्षका बीचमा पहिला सचिवालय बैठक बस्ने की स्थायी कमिटि बैठक बस्ने भन्नेमै विवाद हुन थालेको छ ।

    प्रधानमन्त्री ओलीले पहिला सचिवालय बैठक बसेर सहमतीको वातावरण बनेपछि मात्रै स्थायी कमिटि बैठक बोलाउनु ठिक हुने अडान राख्नु भएको छ भने अर्का अध्यक्ष प्रचण्ड पक्षले भने स्थायी कमिटीबाटै समस्याको समाधान खोजिनु पर्ने अडान राखेका छन् ।

    सचिवालयमा आफ्ना पक्षमा बहुमत पुग्ने भएपछि पछिल्लो समय प्रधानमन्त्री ओली सचिवालय बैठकका पक्षमा उभिनु भएको हो भने स्थायी कमिटिमा आफ्नो पक्षमा बहुमत भएकाले प्रचण्ड पक्ष स्थायी कमिटिको पक्षमा रहेको छ ।

    त्यस बाहेक ओलीले स्थगित गरेपछि प्रचण्डको अध्यक्षतामा बसेको यसअघिको स्थायी कमिटिको बैठकलाई औपचारिक बैठक मान्ने की नमान्ने भन्ने विषयमा पनि उहाँहरुका बीचमा नयाँ विवाद भएको छ ।

    पार्टी र सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको, सरकारले पार्टीको निर्णय र निर्देशन नमानेको, कार्यविभाज न्यायोचित नभएकोलगायतका विषयमा नेकपा भित्र लामोसमयदेखि शक्ति संघर्षसहितको विवाद हुदै आएको छ ।


    मंगलवार, श्रावण २० २०७७०८:४३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij