Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

आज गाइजात्रा पर्व मनाईदै, कोरोनाले गर्दा भीडभाड नहुने

आज गाइजात्रा पर्व मनाईदै, कोरोनाले गर्दा भीडभाड नहुने

  • मंगलवार, श्रावण २० २०७७

  • 1.4K
    SHARES

  • आज गाइजात्रा पर्व मनाईदै, कोरोनाले गर्दा भीडभाड नहुने

    काठमाडौं । आज गाइजात्रा पर्व आज काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा मनाइँदैछ हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म यो पर्व मनाइन्छ ।

    आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

    यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ ।

    कोरोना सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ । भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा छ ।

    ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ(आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए ।

    तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यङ्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएका थिए । सोही आदेश अनुसार सुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ ।


    मंगलवार, श्रावण २० २०७७०७:११:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij