Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

बोधगयामा अब्टो अन्तरराष्ट्रिय कन्भेन्सन तथा बुद्धिस्ट टार्वल मार्ट, धार्मिक पर्यटनको लागि आपसी सहकार्यमा जोड

बोधगयामा अब्टो अन्तरराष्ट्रिय कन्भेन्सन तथा बुद्धिस्ट टार्वल मार्ट, धार्मिक पर्यटनको लागि आपसी सहकार्यमा जोड

  • शुक्रवार, मंसिर २४ २०७८

  • 1.2K
    SHARES

  • बोधगयामा  अब्टो अन्तरराष्ट्रिय कन्भेन्सन तथा बुद्धिस्ट टार्वल मार्ट, धार्मिक पर्यटनको लागि आपसी  सहकार्यमा जोड

    बोधगया । नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका लागि दुवै देशले मिलेर पर्यटन सम्बन्धि कार्य योजना बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    नेपाल र भारत बीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔं देखिको नजिकको सम्बन्ध रहेकोले पनि यसो गर्न सकेमा दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ ।

    एशोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले भारतको बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तरराष्ट्रिय कन्भेन्सन,अन्तरराष्ट्रिय बुद्धिस्ट टार्वल मार्ट तथा बौद्ध धर्मको २५६६ वर्ष र यसको सान्दर्भिकता विषयक अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कार्यक्रमा बोल्नै वक्ताहरले सो कुरामा जोड दिएका हुन् ।

    सम्मेलनको उद्घाटन गर्दै भारत दिल्लीका महिला बालबालिका,अल्पसंख्यक तथा समाजकल्पाण मन्त्री राजेन्द्रपाल गौतमले नेपाल भारत बीच पर्यटनको अथाह सम्भावना रहको चर्चा गर्दै यसलाई आपसी सहकार्यमा अघि बढाउनु पर्ने बताउनु भयो ।

    उहाँले बुद्धसँग सम्बन्धित विषयहरु नेपाल र भारत दुवै देशसँग जोडिएकोले पनि धार्मिक पर्यटनको लागि आपसी सहकार्य आवश्यक भएको र यसबाट दुवै देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने बताउनु भयो ।

    नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बुद्धजन्म स्थल नेपालमा रहेको र त्यसपछिका स्थानहरु भारतमा रहेकोले सहकार्य गरेरकाम गर्न सकेमा धार्मिक पर्यटनलाई अगाडि बडाउन सकिने उल्लेख गर्दै अब्टोको यो सम्मेलनले पनि पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । उहााले भैरहवामा अन्तरराष्टिय विमानस्थल निर्मार्ण सम्पन्न हुने चरणमा रहेकोले त्यो विमानस्थल सञ्चालमा आएपनि बुद्धसँग सम्बन्धित धार्मिक पर्यटन बढ्ने अपेक्षा गर्नु भयो ।

    नेपाल एशोसिएसन अफ टार्वल एण्ड टुर एशोसिरयसन नाटाका अध्यक्ष अच्युत गुरागाईले बुद्धसँग सम्बन्धित रहेर काम गर्ने गरी नेपालले समेत आउने मार्चमा लुम्बिनीमा बुद्धिष्ट टार्वल मार्ट आयोजना गर्न लागिएको जानकारी निदुभयो ।

    उहाँले बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुँदै बुद्धजन्मस्थलबारे बेलाबेलामा हुने भ्रम चिर्न र पर्यटकलाई सहि जानकारी दिन भारतीय टुर अपरेटर तथा सरोकारवालालाई आग्रह गर्नुभयो ।

    यस्तै टे«किङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल टानका महासचिव सरिता लामाले नेपाल भारत बीच बुद्ध धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकोले यसबाट दुर्व देशले फाइदा लिनेगरी मिलेर काम गर्न आग्रह गर्नु भयो ।

    यस्तै होटल एशोसिएसन अफ नेपाल हानका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनी र भारतामा रहेका बुद्धसाइटहरुलाई समेटेर बुद्ध सर्किट बनाएर विश्व समुदायमा यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनु भयो ।

    कार्यक्रममा कलकत्ता पर्यटनका एसिस्टेण्ट डाइरेक्टर बीबी मुखर्जी,बिर्गेडियर जनरल बीरेन्द्र सिंह,भारतीय रेलवेका रजिष्टार अस्मिता सिंह,लगायतले कोभिडले थलिएको पर्यटलाई माथि उठाउन यस्ता मार्ट सहयोगी हुने बताउँदै नेपाल भारत बीचको बहुआयामिक सम्बन्धलाई थप मजवुत बनाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाव दिनुभयो ।

    मंसिर २४ मेखि २६ सम्म चल्ने सम्मेलनमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुकासाथै बी टु बी सेसन पनि आयोजना गरिने अब्टोका महासचिव डा.कौलेश कुमारले जानकारी दिनुभयो । कार्यक्रममा बुद्धिज्म पर्यटन प्रवद्र्धनमा योगदान दिनु विभिन्न व्यक्तिहरुलाई विभिन्न अवार्डहरुबाट सम्मान समेत गरिएको थियो ।


    शुक्रवार, मंसिर २४ २०७८०८:४२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij