Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

राजेन्द्र लिङदेन भन्छन्– नेता गाउँमा जाँदा जनताले कुन चोर आयो भन्न थालिसके

राजेन्द्र लिङदेन भन्छन्– नेता गाउँमा जाँदा जनताले कुन चोर आयो भन्न थालिसके

  • शुक्रवार, मंसिर २४ २०७८

  • 696
    SHARES

  • राजेन्द्र लिङदेन भन्छन्– नेता गाउँमा जाँदा जनताले कुन चोर आयो भन्न थालिसके

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले नेताहरुप्रति जनतामा विश्वास मरेको बताएका छन् ।
    शुक्रबार (आज)देखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले राजनीति अहिले ट्रयाक बाट बाहिर गएको बताए ।

    ‘सरकार सरकार जस्तो छैन, संसद् संसद् जस्तो छैन । अदालत अदालत जस्तो छैन । यो सबैलाई ठीक लगाउने कसले? राजनीतिले । तर राजनीति ठिक छैन’, उनले भने ।

    लिङ्देनले सोधे– ’राजतीतिलाई कसले ठीक लगाउने? नेताले । तर उनीहरुले पनि विश्वास गुमाएका छन् । जनतामा विश्वास मरेको छ ।’

    लिङ्देनले आफ्नो गाउँघरतिर जनताले नेतालाई नेता नभनेर ‘कुन चाहिँ चोर’ भन्ने गरेको सुनाए ।

    ‘कुनै एउटा गाउँमा म वा अन्य कोही नेता पुग्नुभयो भने पार्टीका कार्यकर्तालाई नेता आए भनेर आम जनता बोलाउन जानुपर्ने अवस्था छ,’ उनले भने ‘यसरी बोलाउँदा जनताले नेता आएछ भनेर हैन, कुन चाहिँ चोर आएछ भनेर भन्ने गरेका छन् ।’

    लिङ्देनले राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुनपातिक संसद् र सांसद्ले मन्त्री बन्न नपाउने व्यवस्था गर्न प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।


    शुक्रवार, मंसिर २४ २०७८०४:०१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij